वाणिज्य बैंकहरूले बढाए ब्याजदर, मुद्दति निक्षेपमा अब १२.१३ प्रतिशत ब्याज

(कुन बैंकको ब्याजदर कति ?)

काठमाडौं । वित्तीय बजारलाई स्थायित्व ल्याउन वाणिज्य बैंकहरू विगत ६ महिनादेखि स्थिर राखेका ब्याजदर बढाएका छन् । भदौको अन्तिम दिन वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका हुन् । गत फागुनदेखि बैंकहरूले मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याज दिँदै आएका थिए ।

प्रकाशित सूचना अनुसार वाणिज्य बैंकहरूले अब मुद्दति निक्षेपमा अधिकतम १२.१३ प्रतिशत ब्याज दिने भएका छन् । व्यक्तिगत मुद्दति निक्षेपमा सो दरले ब्याजर प्रदान गर्ने भएका छन्।

बैंकहरूले आगामी महिनादेखि लागू हुनेगरि यो महिना ब्याजको दर सार्वजनिक गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औषत तथा न्यूनतम ब्याजदरको औषतमा १० प्रतिशतले मात्र परिवर्तन गरि ब्याजदर निर्धारण गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकले अघिल्लो महिनाको औसत ब्याजदरको १० प्रतिशत मात्रै बढाउन पाउने व्यवस्था गरेकोले असोजमा बैंकहरूले अधिकतम १२.१३ प्रतिशत ब्याजदर कायम गरेका हुन् ।

हाल बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत तर्फ ११.०३ तथा संस्थागत तर्फ ९.०३ प्रतिशत दिइरहेका छन् । अब यसमा १० प्रतिशत बढाउँदा व्यक्तिगतको १२.१३ प्रतिशत र संस्थागततर्फ करिब ९.९३ प्रतिशत ब्याजदर हुन सक्छ ।

हिजो भदौ ३० गते शुक्रबार नेपाल बैंकर्स संघले विगत ६ महिनादेखि निक्षेपमा ब्याजदर नबढाउने गरेको भद्र सहमति तोडेसँगै बैंकहले ब्याजदर बढाएका हुन् । भदौ ३० गते बिहीबार बसेको संघको कार्यसमिति बैठकले ब्याजदर निर्धारणलाई स्वतन्त्र छोड्ने निर्णय गरेको थियो । केहि बैंकले भद्र सहमति तोडेर धेरै ब्याज दिन थालेपछि बैंकर्स संघले ब्याजदर निर्धारणलाई स्वतन्त्र छोड्ने निर्णय गरेको हो ।

नबिल बैंक

नबिल बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नबिल बैंकले पनि अन्य बैंकले जस्तै असोजमा ब्याजदर बढाएको हो । बैंकले विभिन्न निक्षेप खातामा खाताअनुसार ७ प्रतिशतभन्दा माथि १घ.१३ प्रतिशतसम्म ब्याज दिने सूचना निकालेको छ ।

नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा वार्षिक १२.१३ प्रतिशत र व्यक्तिगत निक्षेपमा ११.०३ देखि १२.१३ प्रतिशत ब्याजदर पुगेको छ ।

नबिल रेमिट्यान्स फिक्स डिपोजिट खातामा भने १३.१३ प्रतिशत पुगेको छ । ३ महिनाभन्दा बढीको निक्षेप पनि नबिलले १२.१३ रहेको छ । यस्तै संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

बैैंकबाट ऋण लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर ८.७७ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १५.७७ प्रतिशतसम्म लाग्ने छ ।

बैंकले ६ प्रतिशतदेखि साढे १४ प्रतिशतसम्म लिने भएको छ भने रिटेल लोनमा पनि ६ प्रतिशतदेखि १४.९९ प्रतिशत लिने भएको छ । बिजनेश लोनदेखि लामो अवधिको हाउजिङ र मोटरेज लोनमा १४.९९ प्रतिशत ब्याज लिने गरी ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकबाट हाउजिङ लोन ५ वर्षका लागि लिँदा १३.९९ प्रतिशत ब्याज लाग्ने छ । अटो लोन ५ वर्षका लागि लिँदा १३.९९ प्रतिशत ब्याज लाग्ने छ । ५ देखि ७ वर्षसम्मका लागि अटो लोन लिँदा १४.९९ प्रतिशत, ५ देखि १० वर्षका लागि हाउजिङ र मोटरेजल लोन लिँदा १४.५९ र १० देखि १५ वर्षका लागि हाउजिङ र मोटरेज लोन लिँदा १४.९९ प्रतिशत ब्याज लाग्नेछ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याजदर तोकेको छ । बैंकमा तीन महिनदेखि १ वर्ष वा सो भन्दा बढी अवधिमा लागि निक्षेपमा पैसा राख्दा १२.१३ प्रतिशत ब्याज पाइने छ ।

संस्थागत तर्फ भने १०.१३ प्रतिशत रहेको छ । विप्रेषण मुद्दती निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज पाइनेछ । बचत तर्फ ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ । असोज महिनाका लागि सेञ्चुरी बैंकले पनि ब्याजदर बढाएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ । रेमिट्यान्स खातामा १४.१३ प्रतिशत पुगेको छ । यसका लागि निक्षेपकर्ताले न्यूनतम १० हजारको खाता खोल्नुपर्ने छ ।

यस्तै संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ । हाल बैंकको आधारदर १०.४० प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियर जोडिने छ । बैंकबाट कर्जा लिँदा १७.४० प्रतिशतसम्म ब्याज लाग्ने छ ।

एनएमबि बैंक

एनएमबि बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत खातामा बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज दिने गरी ब्याजदर सार्वजनिक गरेको हो ।

असोज लाग्दा समेत वित्तीय क्षेत्रमा ब्याजदर सहज नभएपछि बैंकहरूले असोज ७ महिनापछि ब्याजदर बढाएका हुन् । नयाँ ब्याजदर अनुसार मेरो मुद्दति निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ । यस्तै संस्थागत तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकमा जिरो ब्यालेन्स देखि निश्चित रकम राखेर खाता खोल्न सकिने बैंकले जनाएको छ ।

त्यसरी नै एनएमबि बैंकले क्षेत्रगत र करेन्सी उपयोगका हिसावले कर्जाको ब्याजदर तय गरेको छ । बैंकले कर्जा प्रवाह गर्दा आधारदरमा ६ प्रतिशत प्रिमियर जोडेर दिने भएकोे छ । अहिले बैंकको आधारदर ९.९७ प्रतिशत रहेको छ ।

सेञ्चुरी बैंक

असोज महिनामा सेञ्चुरी बैंकको ब्याजदर बढ्ने भएको छ ।बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ । निक्षेपकर्ताले न्यूनतम १० हजारको खाता खोलेकाले रेमिट्यान्स खातामा १४.१३ प्रतिशत ब्याज पाउने भएका छन् ।

यस्तै संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

हाल बैंकको आधारदर १०.४० प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियर जोडिने छ । बैंकबाट कर्जा लिँदा १७.४० प्रतिशतसम्म ब्याज लाग्ने छ ।

सनराइज बैंक

सनराइज बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुनेगरि विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार एलसीवाई बचत खातामा न्यूनतम ७.१३ प्रतिशत ब्याजदर र अधिकतम १०.१३ प्रतिशत ब्याजदर र एफसीवाई बचत खातामा न्यूनतम २.४० प्रतिशत ब्याजदर र अधिकतम ६.२० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, मुद्दती खातामा ब्यक्तिगत तर्फ १२.१३ प्रतिशत ब्याजदर र संस्थागत तर्फ १२.१३ प्रतिशत ब्याजदर कायम गरेको छ ।

प्रभु बैंक

प्रभु बैंकले असोज महिनाका लागि जारी गरेको नयाँ ब्याजदरमा तीन महिना वा सो भन्दा बढीका लागि ‘प्रभु उन्नती मुद्दती निक्षेपमा १५.१३ प्रतिशत ब्याज पाइने छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइनेछ ।

यस्तै संस्थागत निक्षेपतर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बैंकबाट ऋण लिँदा आधारदरमा ७ प्रतिशतसम्म प्रिमियम जोडिने छ ।

प्राइम बैंक

प्राइम बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा १४.१३ प्रतिशत ब्याज तोकिएको छ । यस्तै संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ भने बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

बैैंकबाट ऋण लिँदा आधारदरमा ६.९९ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर ९.९९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १६.९८ प्रतिशतसम्म ब्याज लाग्ने छ । कबाट ५ देखि २० वर्षका लागि होम लोन लिँदा १४.१५ प्रतिशत ब्याज लाग्ने छ । यस्तै हायर पर्चेज लोन, मोटरेज लोन, अन्य पर्सनल लोन १ वर्ष भन्दा बढी अवधिका लागि ऋण लिँदा १४ देखि १५ प्रतिशत ब्याज लाग्ने छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स