माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप वा वेबसाइटमार्फत रेमिट्यान्स पठाउन सकिने

काठमाण्डौ । माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ एप र वेबसाइटबाट सजिलै अमेरिका र युरोपमा बस्ने नेपालीले रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ।

उक्त सुविधाअन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप वा वेबसाइटमार्फत अमेरिका र युरोपबाट नेपालमा रेमिट्यान्स पठाउन सकिनेछ। अत्याधुनिक प्रविधियुक्त रेमिट्यान्स पठाउने सुविधाअन्तर्गत अमेरिका र युरोपमा रहेका आफन्तलाई नेपालमै बसेर रिक्वेस्ट रेमिटमार्फत रेमिट्यान्स पठाउन आग्रह गर्न सकिनेछ।

जसअन्तर्गत नेपालमा रहेका व्यक्तिले आफूलाई आवश्यक परेको रकम विदेशस्थित आफन्तलाई पठाउन आग्रह गर्दै बैंकको लिंक पठाउन सक्नेछन्। उक्त लिंकमा गएर विदेशमा रहेका नेपालीले सजिलै र सहज रुपमा रेमिट्यान्स नेपाल पठाउन सक्नेछन्।

यो सुविधा विदेशमा रहेका नागरिकले क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट र ट्रान्सफर प्रयोग गरी पनि पठाउन सक्नेछन्।

विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाइरहेको अहिलेको परिवेशमा अमेरिका, युरोप तथा नेपालमा बसेका ग्राहकले बिना झन्झट एकै क्लिक गरी घरमै बसेर उक्त रेमिट्यान्स सुविधाको प्रयोग गर्न सक्नेछन्।

यो सुविधाको प्रयोग रेमिट्यान्स पठाउने र पाउने दुवैले उपयोग गर्न सक्नेछन्। हाललाई अमेरिका तथा युरोपमा रहेका नागरिकले मात्र यो सुविधा प्रयोग गर्न सक्नेछन्।

बैंकले मोबाइल बैंकिङ एपलाई भर्चुअल शाखाका रुपमा स्थापित गर्दै ग्राहकलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप मार्फत नवीतम सुविधाहरु थप्दै ल्याइरहेको छ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स