एकैदिन तोलामा ७ सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । बुधबार छापावाला सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।

मंगलबार, सुनको मूल्य ९१ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज भने ७ सय रूपैयाँले घटेर ९० हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदी प्रतितोला १२ सय ३० रूपैयाँ कायम भएकोमा आज भने १० रूपैयाँले घटेर १२ सय २० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स