काठमाडौं । अहिले सिंगो देशनै लामखुट्टेको आंतकबाट आजित भएका छन् । देशमा रहेका ७७ जिल्ला मध्ये ७५ जिल्लामा डेंगुका संक्रमित भेटिएका छन् । यी मध्ये १० जिल्लालाई उच्च जोखिममा राखिएको छ । यी १० जिल्लामा ललितपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, दाङ, भक्तपुर, धादिङ, तेह्रथुम, काभ्रे, र चितवन पर्छन् । । यी १० जिल्लाबाट मात्रै ८ हजार २ सय ४५ संक्रमित भएका छन् ।
जस अनुसार आइतबारको तंथ्यांक अनुसार ललितपुरमा ३ हजार ६ सय २२, काठमाडौंमा २ हजार ४ सय १४, मकवानपुरमा ६ सय ६३, रुपन्देहीमा ५ सय ७०, दाङमा ३ सय ५८, भक्तपुरमा १ सय ७६, धादिङमा १ सय ३७, तेह्रथुममा १ सय १०, काभ्रेपलाञ्चोकमा १ सय ५ र चितवनमा ९० केस पुष्टि भएका छन् । यी १० जिल्लामा मात्र ८ हजार २ सय ४५ जनामा डेंगु संक्रमण भएको छ ।
७ हजार ४ सय ४०, लुम्बिनीमा १ हजार ३ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र कर्णालीमा ६६ जनामा संक्रमण पुष्टि भएको छ ।