काठमाडौं । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले आर्थिक वर्ष २०७८/७९ लाभांश घोषणा गरेको छ । सोमबार बसेको योजना व्वस्थापक सानिमा कम्पनीको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फण्डको लाभांश घोषणा गरेको हो ।
जस अनुसार क्यापिटलले इकाईधनीहरुलाई २२ प्रतिशतले हुन आउने २८ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस योजनाको आकार १ अर्ब ३० करोड रहेको छ ।
क्यापिटलले लाभांश वितरणको लागि बुक क्लोज मिति पछि सार्वजनिक गर्ने जनाएको छ ।