काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर ९३ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर ११ सय ८५ रूपैयाँ कायम भएको छ ।