२ वर्षभित्र ३० प्रतिशत साधारण सेयर निस्कासन गर्नुपर्ने व्यवस्था सहित संशोधित‘ धितोपत्र बजार सञ्चालन नियमावली’ जारी

(निममावलीसहित)

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज ल्याउने व्यवस्था सहित नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९’ जारी गरेको छ । नयाँ स्टकको चुक्ता पुँजी कम्तीमा ३ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ ।

उक्त नियमावली अनुसार धितोपत्र बजारले कारोबार सञ्चालन गरेको २ वर्षभित्रमा आफ्नो जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसअघि स्टक एक्सचेन्ज सञ्चालन गर्नको लागि चुक्ता पुँजी ५ करोड रुपैयाँ मात्रै भए पुग्ने व्यवस्था थियो । यद्यपि सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्जलाई भने यो व्यवस्था लागु नहुने नियमावलीमा उल्लेख छ ।

६ अर्बको घूस सेटिङको केन्द्रमा अर्थमन्त्री, कस–कसले पाउँछन् नयाँ स्टक एक्चेन्जको रकम

नियमावलीले गरेको व्यवस्थाअनुसार नयाँ स्टक एक्सचेन्जमा कानुन बमोजिम स्थापना भएका प्राइभेट कम्पनी वा संगठित संस्थाले संस्थापक सेयर किन्न पाउनेछन् । नेपाल बाहेक अन्य मुलुकमा धितोपत्र बजार संचालन गरिरहेको कम्पनी वा संगठित संस्थाले धितोपत्र बजारको स्वामित्व ग्रहण गर्ने भएमा सम्वन्धित मुलुकको नियमनकारी निकायबाट धितोपत्र वजार सञ्चालन गर्ने अनुमति प्राप्त गर्नुपर्ने छ ।

नेपाल नयाँ स्थापना हुने स्टक एक्सचेन्जमा लगानी गर्नको लागि विगत १० वर्ष देखि धितोपत्र बजार सञ्चालन गरिरहेको तथा प्रचलित कानुन बमोजिम नेपालमा लगानी वा व्यवसाय गर्न अनुमति प्राप्त गरेको वा नेपाल सरकारले स्वीकृति दिएको हुनु पर्नेछ ।

नयाँ स्टक एक्स्चेञ्जमा व्यापक चलखेल: ३ अर्बको एक्स्चेञ्ज खोल्न बुझाइँदैछ ६ अर्ब घुस !

कुनै एक कम्पनी वा त्यस कम्पनीको सञ्चालक वा सेयरधनी र निजका नजिकका नातेदार रहेका कम्पनीले धितोपत्र बजारको कुल सेयर पुँजीको १५ प्रतिशत भन्दा बढी सेयर ग्रहण गर्न नपाउने व्यवस्था नियमावलीले गरेको छ ।
नियमावली जारी भएसँगै धितोपत्र बोर्डले केहि दिनमै नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि आवेदन आह्वान गर्ने तयारी गरेको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/09/share-bazar.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स