काठमाडौं । नोकिया फोनको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी११ प्लस सर्वजनिक गरेको छ । जी सेरिजको सफलता संगै यस फोनमा नवीनतम एन्ड्रोइड १२, मासिक सुरक्षा अपडेटहरू, गुणस्तर र विश्वभर प्रसिद्ध लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश छ ।
इण्डस्ट्री- लिडिंग अपडेटहरू
अरु स्मार्टफोनहरु भन्दा दुई गुणा धेरै सुरक्षा अपडेटहरू भएको नोकिया जी११ प्लसले तपाईंको अनलाइन गतिविधिहरू हरदम सुरक्षित छन् भन्ने सुनिश्चित गर्दछ । यसमा फिंगरप्रिन्ट र फेस अनलक दुबै समर्थिन गर्ने मास्क मोडको साथ, दैनिक प्रयोग अझ सुविधाजनक भएको छ ।
यसमा प्रयोगकर्ताहरुको इन्टरफेसबाट स्क्रोल गर्न मिल्ने स्क्रिनसटहरू अनि भर्खरको एन्ड्रोइड १२ को सबै सुबिधाहरु लिन सकिने छ । नोकिया जी११ प्लसको साथमा आएको दुई वर्षको सफ्टवेयर अपग्रेडको साथ नयाँ एन्ड्रोइड संस्करणले ल्याउने नयाँ सुविधाहरू र नवीनताहरू पुन लिन सकिने छ ।
सुलभ मूल्यमा प्रिमियम डिजाइन
नोकिया जी११ प्लस स्लिम नर्डिक डिजाइनमा तीन दिन लगातार चल्ने ब्याट्री जडान गरिएको छ जसले तपाईंलाई पूरै हप्ता बिना कुनै चिन्ता फोन प्रयोग गर्न मद्दत गर्दछ। नोकिया फोनहरूमा मात्र उपलब्ध सुपर ब्याट्री सेभरले तपाईंलाई आवश्यक परेको बेलामा थप केही घण्टाको प्रयोग सुनिस्चित गर्दछ। पोली कार्बोनेट बडी भएको फ्लिप कलर फिनिशमा उपलब्ध यो फोनमा प्रकाशको अवस्था अनुसार रंग परिवर्तन हुन्छ ।
उत्कृष्ट फोटोग्राफीको लागि उत्कृष्ट क्यामेरा
यसमा रहेको एआई टेक्नोलजिद्वारा सहयोग गरिएको ५० एमपी क्यामेराले प्रयोगकर्तालाई यादगार पलहरु कम प्रकाशमा पनि सहज रूपमा खिच्न मद्दत गर्दछ । जी–सिरिजमा रहेको ९० हर्ज पावरको साथ तस्बिरहरु प्रस्ट देखिनुको साथै ६.५” एचडी डिस्प्लेले अविश्वसनीय परिभाषा र स्पष्ट तस्बिरहरू सुनिश्चित गर्दछ।
मूल्य र उपलब्धता
३÷६४ जीबी को स्टोरेजमा उपलब्ध यो फोनको मूल्य १९,४९९ रूपैयाँ रहेको छ । निलो रंगमा उपलब्ध नोकिया जी११ प्लस आज बाट नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध छ ।