बैंकहरूले तनहुँमा दिए ३३ करोडभन्दा बढी सहुलियत ऋण, ४ सय ३० कृषक लाभान्वित

काठमाडौं । सहुलियत ब्याजदरमा ऋण लगानीबाट तनहुँका ४ सय ३० पशुपालक कृषक लाभान्वित भएका छन् । जिल्लास्थित विभिन्न बैंकले उपलब्ध गराएको सहुलियत ब्याजदरमा ऋण लगानीबाट ४ सय ३० पशुपालक कृषक लाभान्वित भएका हुन् ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँको तथ्याङ्कअनुसार जिल्लाका १४ बैंकले पशुपालक कृषकलाई सहुलियत ब्याजदरमा ऋण लगानी गरेका छन् । सरकारको निर्णय बमोजिम ती बैङ्कले पशुपालक कृषकलाई सहुलित ब्याजदरमा पशुपालन गर्नका लागि ऋण उपलब्ध गराएको विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए ।

पशुपालनमा सहयोग पुर्याउन बैंकले ५ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गरेका छन् । कार्यालयको तथ्यांकअनुसार कृषकलाई ३३ करोड १८ लाख १५ हजार ऋण प्रवाह गरिएको छ । कृषकले ऋण लिएर कुखुरापालन, पशुपक्षी तथा मत्स्यपालना, बाख्रा, गाईभैंसीपालनमा लगानी गरेका छन् ।

कुखुरापालनका लागि आठ, पशुपक्षी तथा मत्स्यपालनका लागि एक सय २९, बाख्रा तथा गाईभैंसीपालनका लागि चार, पशुपालनका लागि दुई सय ८७ ले सहुलियत ब्याजदरमा ऋण लिएका छन् ।

कुखुरापालनका लागि एनआइसी एसिया बैंकले २० लाख, पशुपक्षी तथा मत्स्यपालनका लागि नेपाल बंगलादेश बैंकले १ करोड २५ लाख, बाख्रा तथा गाईभैंसीपालनका लागि साग्रिला विकास बैंकले १७ लाख, पशुपक्षीपालनका लागि सनराइज बैंकले ४ करोड पाँच लाख, पशुपक्षीपालनका लागि लक्ष्मी बैंकले १ करोड ९२ लाख ८३ हजार लगानी गरेका छन् ।

पशुपालनका लागि ग्लोबल आइएमइ बैंकले २ करोड ३९ लाख, पशुपक्षी तथा मत्स्यपालनका लागि कामना सेवा विकास बैंकले १ करोड ४५ लाख, पशुपक्षी तथा मत्स्यपालनका लागि राष्ट्रिय वाणिज्य बैंकले ५२ लाख, पशुपक्षी तथा मत्स्यपालनका लागि मेघा बैंकले १ करोड ६ लाख ८० हजार, पशुपक्षी तथा मत्स्यपालनका लागि कुमारी बैंकले ९ करोड ५८ लाख नौ सय ६० लगानी गरेको छ ।

पशुपक्षी तथा मत्स्यपालनका लागि कृषि विकास बैंकले ७ करोड ३५ लाख ७५ हजार, पशुपक्षी तथा मत्स्यपालनका लागि एनएमवि बैंकले ५७ लाख ५० हजार, कुखुरापालन तथा पशुपालनका लागि माछापुच्छ«े बैंकले ५ करोड ३८ लाख ५० हजारपशुपालनका लागि नेपाल बैंकले र्२ करोड ९१ लाख ९२ हजार र पशुपालन कै लागि मेरो माइक्रोफाइनान्सले ३ करोड ९१ लाख ८५ हजार लगानी गरेका छन् ।

भेटेरीनरी (पशु) अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कृषकलाई अनुदान दिने कार्यक्रम ल्याएपछि पशुपालन गर्नेको संख्या बढेको छ । यद्यपि किसानले लागत अनुसारको मूल्य पाउन नसकेको गाईपालक कृषक व्यास नगरपालिका–११ निवासी कालिका पौडेलले बताए । ‘चोकरको मूल्य महिनैपिच्छे बढ्छ, तर दूधको मूल्य बढ्दैन, लागत अनुसारको मूल्य नपाउँदा कृषक मारमा पर्दै आएका छन्,’ उनले भने ।

पशुपालन गर्ने कृषकको संख्या बढेसँगै तनहुँमा दूध, मासु र अण्डाको उत्पादन मागभन्दा बढी भएको छ । आर्थिक वर्ष २०७७÷७८ भन्दा २०७८÷७९ मा दूध, अण्डा, मासु र माछाको उत्पादन वृद्धि भएको केन्द्रले जनाएको छ ।

आर्थिक वर्ष ०७८÷७९ मा दूध ३८ हजार आठ सय ३८ र मासु चार हजार सात सय ४३ मेट्रिकटन उत्पादन भएको छ । त्यस्तै अण्डा दुई करोड ७० लाख ६० हजार गोटा उत्पादन भएको छ ।

दूधको २९ हजार सात सय ८२ र मासुको चार हजार पाँच सय ८१ मेट्रिकटन तथा अण्डाको एक करोड ७३ लाख ४५ हजार गोटा माग छ । दूध नौ हजार ५६ र मासु एक सय ६२ मेट्रिकटन बढी उत्पादन भएको छ भने अण्डा ९७ लाख १५ हजार बढी उत्पादन भइरहेको छ ।

प्रतिव्यक्ति प्रति वर्ष दूध ८४ दशमलव ९४ लिटर आवश्यक पर्ने भएकामा जिल्लामा एक सय १८ दशमलव ५४ लिटर, मासु १७ दशमलव ८३ किलो आवश्यक पर्नेमा जिल्लामा १४ दशमलव ४१ किलो, अण्डा ५१ दशमलव १८ गोटा आवश्यक पर्नेमा ८२ दशमलव ५९ गोटा उपलब्ध भइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स