जावाको दशैं र तिहार अफर : लेजेन्डरी जावा मात्र ९% ब्याज दरमा

काठमाडौं । दशैं र तिहारलाई लक्षित गर्दै जावा नेपालले अफर सार्वजनिक गरेको छ। नेपालको सबैभन्दा आधुनिक र आकर्षक मोटरसाइकल जावाले यस चाडपर्वको मौसममा नयाँ ग्राहकहरूका लागि अभूतपूर्व अफर ल्याइरहेको हो ।

जावा नेपालले जावा ‘९%’को शानदार ब्याज दरमा ल्याएको छ । साथै यस चाडपर्वको मौसममा हरेक जावा बाइकको खरिदमा निःशुल्क ‘प्रोफेशनल राइडिङ ज्याकेट’ र निःशुल्क ‘हेल्मेट’ पनि प्राप्त गर्न सकिने छ । कम्पनीले गाडीको लागि सर्वाधिक मूल्यांकन सहित ‘इजी एक्सचेन्ज’ सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

९% को न्यूनतम ब्याज दर संग, आफ्नो मनपर्ने जावा प्राप्त गर्न अब अझ सजिलो भएको छ । कम्पनीले फाइनान्सिङ पार्टनर ‘अग्नि हायर पर्चेज लिमिटेड’ सँगको सहकार्यमा यो सुबिधा ल्याइएको हो। सजिलो फाइनान्सिङ र न्यूनतम ब्याज दरको साथ कुनै पनि झन्झट बिना आफ्नो मनपर्ने जावा खरिद गर्नसकिने छ ।

जावा प्रोफेसनल राइडिङ ज्याकेट वास्तवमै ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सेल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको छ । यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर ऋभ् द्वारा प्रमाणीकरण गरिएको छ । त्यसै गरी यसको हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्दछ ।

जावा मोटरसाइकल एक दशक भन्दा बढी समयदेखि मोटरसाइकल बनाउने लेजेन्डरी बाइक निर्माता कम्पनी हो। यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो । स्थापना कालदेखि नै यो कम्पनी अग्रणी कम्पनीका रुपमा रहदैं आएको छ ।

नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्क प्रा.लि. ले भित्राएकोे हो । आग्नि माटो इन्क प्रा.लि अग्नि ग्रुप अन्तर्गत स्थपित सहसंस्था हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स