विकास बैंकहरूले निक्षेप र कर्जा दुवै बढाए

काठमाडौं । भदौ महिनाको तेस्रो सातामा विकास बैंकहरूको निक्षेप तथा कर्जा दुवै बढेको छ । देशमा सञ्चालित विकास बैंकहरूले यो साता ४ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४ खर्ब ३३ अर्ब कर्जा लगानी गरेका छन् । यो सातामात्रै विकास बैंकहरूले १ अर्ब ४० करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन गरेर ३ अर्ब ७३ करोड ८६ लाख कर्जा प्रवाह गरेका छन् ।

देशमा सञ्चालित राष्ट्रियस्तरका विकास बैंकहरूले हालसम्म ४ खर्ब १६ अर्ब निक्षेप संकलन गरेर ३ खर्ब ६५ अर्ब ९१ करोड कर्जा प्रवाह गरेका छन् । विकास बैंकहरूले गएको यो सातामात्रै १ अर्ब ६६ करोड १४ लाख निक्षेप संकलन गरेका छन् भने ३ अर्ब ३७ अर्ब ५३ करोड कर्जा प्रवाह गरेका छन् ।

क्षेत्रियस्तरको विकास बैंकको भने साता निक्षेप घटेको छ भने कर्जा बढेको छ । क्षेत्रियस्तरका विकास बैंकहरूको यो साता २५ करोड २७ करोडले निक्षेप घटको छ भने ३६ करोड ३३ लाखले कर्जा बढेको छ ।

राष्ट्रिय तथा क्षेत्रियस्तरका विकास बैंकहरुमा कर्जाको माग बढिरहदा निक्षेप पनि सुधार आउन थालेको छ ।
डेभलपमेन्ट बैंकर एसोसिएसन नेपालका अनुसार राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप ०.४० प्रतिशतले बढ्दा क्षेत्रियस्तरका विकास बैंकको निक्षेप ०.३५ प्रतिशतले गिरावट आएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स