आईपीओमा १० प्रतिशतको आरक्षणको व्यवस्था सहित पुँजी बजारसम्बन्धी ३ नियमावली

काठमाडौं । पुँजी बजार सम्बद्ध ३ वटा नियमावली एकै पटक पास भएको छ । नेपाल धितोपत्र बोर्डले पास गरेर अर्थ मन्त्रालयमार्फत् मन्त्रिपरिषद् पठाएको ३ नियमावली सोमबारको ‘क्याबिनेट’ ले पास गरेको हो ।

बैठकले पुँजी बजारसँग जोडिएका ३ वटाको धितोपत्र नियमावलीहरूमा धितोपत्र बजार संचालन नियमावली, २०७४, धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) २०६४ चौथो र धितोपत्र दर्ता तथा निष्काशन नियमवाली २०७३ पाँचौ संसोधन रहेका छन् ।

बोर्डले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकरलाई लाइसेन्स वितरणका साथै चुक्ता पुँजी सम्बन्धी नियमावली संसोधन गरेर अर्थ मन्त्रालय पठाएको थियो । अर्थ मन्त्रालयले क्याबिनेटमा पेश गरेको थियो ।

नेपाल धितोपत्र बोर्डबाट तीन तहको ब्रोकर लाइसेन्स वितरण गर्ने संशोधन प्रस्ताव अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद् पुगेको थियो । बोर्डले चुक्ता पुँजीमा गरेको प्रस्तावलाई परिमार्जन गर्दै अर्थले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो ।

ब्रोकर कम्पनीको चुक्ता पुँजीलाई तीन वटा तहमा विभाजन गरेर २० करोड रुपैयाँ, ६० करोड रुपैयाँ र डेढ अर्ब रुपैयाँ प्रस्ताव गरिएको थियो । २ करोड चुक्ता पुँजी भए धितोपत्र दलाल कम्पनी स्थापना गर्न सकिने थियो । आर्थिक वर्षको पहिलो महिनाभित्र स्टक एक्सचेन्समा ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सकिने छ ।

स्टक एक्सचेन्जले नियमावली लागु भएको पहिलो आर्थिक वर्षको हकमा ३० दिनको समय दिएर आवेदन माग गर्नेछ । सोपछि प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र इच्छुक कम्पनी वा संगठित संस्थाले सिफारिसका लागि एक्सचेन्ज समक्ष निवेदन दिन सक्नेछन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स