सामान्य अंकले घट्यो नेप्से, १ अर्बको कारोबार हुँदा यी १० कम्पनीको भयो सर्वाधिक खरिदबिक्री

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

बिहीबार, नेप्से परिसूचक २.१३ अंकले घटेर १९३७.७४ अंक विन्दुमा आइपुगेको छ ।

आज ३४ लाख १ हजारको कित्ता सेयर १ अर्ब ४ करोड ४३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ होटल एण्ड टुरिजम, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स, नन् लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज ११७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६१ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज हिमालयन एभरेष्ट इन्स्योरेन्स सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १३ करोड १० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, रिडी हाइड्रोपावरको ४ करोड ४४ लाख, नबिल बैंकको ३ करोड ३५ लाख, प्राइम बैंकको २ करोड ९३ लाख र एशियन लाइफ इन्स्योरेन्सको २ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स