लिम्टस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ स्किम सार्वजनिक

काठमाडौं । क्वालिटीमा नं १ लिटमस केबल्स, नेपालको एक लिडिङ केबल र कन्डक्टर्स ब्रान्डले यस चाडपर्वको शुभ अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी ‘वाइरिङ दमदार, घर शासानदार’ स्किम ल्याएको छ ।

यो योजना अन्तर्गत, पाँच जना भाग्यशाली विजेताहरूले हरेक हप्ता भ्याकुम क्लिनर, एयर प्युरिफायर, मिनी रेफ्रिजरेटर, रेडमी नोट ११ प्रो, स्मार्ट वाच, इयरबड्स र ट्रिमर जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन् ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ५०,००० लिटमस केबल खरिद गरी तारिङ प्रक्रियाको फोटो सहितको बिल https://www.litmus.com.np/consumerscheme मा पठाउनु पर्नेछ ।

कार्तिक २५ गते, दुई भाग्यशाली विजेताले फ्रिज, वासिङ मेसिन, ५५’ टिभी र ल्यापटप जस्ता १० लाख बराबरका घरेलु उपकरणहरू जित्ने मौका पाउनेछन्।बिजेताले जितेको पुरस्कार धोषित भएको ३ देखि ५ दिन भित्र पाउन सक्नेछन् ।

यो योजना २० भाद्र देखि २० कात्तिक सम्म २ महिनाको लागि मान्य हुने छ ।
सन् १९७७ मा स्थापना भएको लुम्बिनी विद्युत उद्योग प्रा. लिमिटेड नेपालको पहिलो एल्युमिनियम कन्डक्टर स्टिल रिइन्फोर्स्ड उत्पादन कम्पनी हो। यस कम्पनिले चार दशकदेखि एडभान्स जर्मन टेक्नोलोजी र लिटमस केबल्स ब्रान्ड नाममा उत्कृष्ट गुणस्तरका तारलहरू उत्पादन गर्दै आएको छ।

लुम्बिनी विद्युत उद्योग प्रा. लिमिटेड नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक र व्यापार समूह, रमेश कर्पोरेशनको संस्था हो । यो बुटवलको बुटवल औद्योगिक क्षेत्रमा अवस्थित रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स