काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको लाभांश स्वीकृत भएको छ । बीमा समितिले भदौ २० गते कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण तथा प्रस्तावित लाभांश स्वीकृत गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको १४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि ०.७६ प्रतिशत नगद लाभांश गरि कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५३ करोड ९८ लाख ३५ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।