जि.डब्लु.एम नेपालको ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’ अफर सार्वजनिक

काठमाडौं । ग्रेट वाल मोटर (जि.डब्लु.एम) गाडीकोे नेपालका लागि आधिकारीक विक्रेता भि.जी. ईम्पेक्स प्रा.लि ले दशैं, तिहार र छठको अवसर पारी जि.डब्लु एमका गाडीको खरीदमा आकर्षक छुटका साथ विभिन्न योजनाहरु उपलब्ध गराउने भएको छ ।

यो योजना ग्रेट वाल मोटरका सबै प्रकारका गाडी- हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ मा उपलब्ध छ । कम्पनीको यो अभियान ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ ग्राहकहरुप्रति प्रतिवद्वताको निरन्तरताका साथ चाडपर्वलाई अझ हर्षोल्लास बनाउने विश्वास लिइएको छ ।

जि.डब्लु.एमका कुनै पनि गाडी किन्दा तुरुन्तै आकर्षक नगद छुट पाउन सकिन्छ । यस योजना अन्तर्गत एक वर्षको कम्प्रिहेन्सिभ बीमाका साथमा एक वर्ष सम्म फ्री मेन्टिनेन्स प्याकेजमा एक वर्षको नियमित मर्मतसम्भार खर्च र उपभोग्य वस्तुहरु समावेश छन् ।

साथै, लोएल्टी बोनसको रुपमा ग्राहक स्वयंम वा आफ्नो पविारसँग कसैको पहिले नै जि.डब्लु.एमका कुनै पनि गाडी भएमा अतिरिक्त छुट पाउनेछन् । ग्राहकहरुले निशुल्क एक्सेसोरिज सहित ५ वर्षको वारेन्टी सुविधा पाउनुका साथै स्पट भ्यालुएसन तथा एक्सचेन्जको अवसर पाउनेछन् भने प्याकेजमा ३ वर्षको निःशुल्क सर्भिस उपलब्ध हुनेछ ।

यो योजना अन्तर्गत ग्राहकहरुले पाउन सक्नु हुनेछ :
१. आकर्षक नगद छुट
२. एक वर्षको कम्प्रिहेन्सिभ बीमा
३. एक वर्ष सम्म फ्री मेन्टिनेन्स सुविधा
४. आ.व.७८/७९ को रोड ट्याक्स फ्री
५. लोएल्टी बोनस
६. फ्रिी एसेसोरिज
७. ५ वर्ष वारेन्टी
८. ३ वर्ष फ्री सर्भिस
९. स्पट भ्यालुएसन एण्ड एक्सेन्ज तथा अन्य धेरै

यदी तपाई चाडपर्वको अवसरमा सवारी साधन खरीद गर्न चाहनु हुन्छ भने जी.डब्लु.एम्का उत्पादन तपाईको छनौटमा पर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स