कांग्रेसको सिफारिसमा अर्बपती बिनोद चौधरी नवलपरासीबाट चुनाव लड्ने

काठमाडौं । अर्बपति उद्यमी विनोद चौधरी नेपाली कांग्रेसबाट चुनावमा उठ्ने भएका छन् । यहि आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा कांग्रेसले उनलाई नवलपरासी पश्चिमबाट प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस गरेको हो ।

चौधरीलाई नेपाली कांग्रेस क्षेत्रीय निर्वाचन समितिले नवलपरासी पश्चिम १ मा प्रत्यक्ष उम्मेदवार सिफारिस गरेको हो । चौधरीसँगै सोही क्षेत्रबाट उषा बास्तोला, कुलदिप आचार्य र देवकरण कलवार पनि सिफारिसमा परेका छन् । तर टिकट भने चौधरीले नै पाउने निश्चित छ । उनी २०७४ सालमा उनी एमालेलाई त्यागेर कांग्रेसतर्फबाट समानुपातिक उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स