नेप्से ४ अंकले घट्दा ९० करोडको कारोबार, यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । हिजो हरियाली छाएको सेयर बजारमा गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक ४.२९ अंकले घटेर १९७३.०१ अंक विन्दुमा आइपुगेको छ ।

आज २४ लाख ४४ हजारको कित्ता सेयर ९० करोड ९९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ मेन्यु एण्ड प्रो र माइक्रो फाइनान्स बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज ६१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११६ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज रिडी हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ९ करोड ९६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ५९ लाख, नबिल बैंकको ४ करोड ५६ लाख, नेष्डो समृद्ध लघुवित्तको २ करोड ८५ लाख र नेपाल टेलिकमको २ करोड २३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स