सनराइज बैंकको ‘सनराइज गज्जबको मुद्दती खाता’ सार्वजनिक, ५ गुणा देखि १५ गुणा सम्म प्रतिफल

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहहरुको लागि १५ गुणासम्मको प्रतिफल दिने मुद्दती खाता ल्याएको छ । सनराइज गज्जबको मुद्दती खाता नाम दिइएको उक्त खातामा तोकिएको समयसम्म मुद्दती गरिएको रकमको ५ गुणा देखि १५ गुणा सम्म रकम प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।

यस खातामा १४ वर्ष ८ महिनामा मुद्दती रकम ५ गुणा हुने, २० वर्ष ११ महिनामा मुद्दती रकम १० गुणा हुने र २४ वर्ष ७ महिनामा मुद्दती रकम १५ गुणा हुने बैंकले जनाएको छ ।

बैंकको अनुसार यस योजनामा सहभागी हुन न्युनतम २५ हजार रकम मुद्दती गर्नुपर्ने छ । उक्त योजनाको अवधिमा पैसा आवश्यक परे जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा समेत लिन सकिने बैंकले जनाएको छ ।

यस योजनामा सहभागी हुने ग्राहकहरुलाई बैंकले ५ लाखसम्मको क्रेडिट कार्डको जारी शुल्क र लकर शुल्क नलाग्ने व्यवस्था गरेको जानकारी दिएको छ ।

हाल बैंकले १३९ वटा शाखा, ९५ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटिएम मार्फत आफ्ना ९ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स