कर छलीको आरोप लागेको बोटलर्स नेपाल आईक्यानद्वारा सम्मानित

काठमाडौं । कर छलीको आरोप लागेको बोटलर्स नेपाल आईक्यानद्वारा सम्मानित भएको छ । लेखा परीक्षकहरूको व्यवसायीक संस्था ‘आईक्यान’ले बोटर्लस नेपाल तराईलाई सम्मान गरेको हो । महालेखापरीक्षक कार्यालयको वार्षिक प्रतिवेदनमा उक्त कम्पनीले साढे २ अर्ब रुपैयाँ कर छली गरेको उल्लेख गरेका छ ।

आईक्यानले उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक बर्ष २०७६/७७ को वार्षिक रिपोर्टको प्रस्तुतीमा उत्कृष्टताका लागी यो प्रतिष्ठित सम्मान प्रदान गरेकोे छ । महालेखाले २०७६/७७ सोही आर्थिक वर्षको प्रतिवेदनमा नै कोकाकोलाले दुई अर्ब ५० करोड रुपैयाँ पुँजीगत लाभकर छली गरेको औंल्याएको छ । आईक्यानले पनि सोही आर्थिक वर्षको व्यवसायमा सम्मान गरेको हो ।

आईक्यान काउन्सिलको नवौं परिषद्ले कोकाकोला, स्प्राइट, फेन्टा जस्ता हल्का पेय पदार्थ उत्पादन गर्ने बहुर्राष्ट्रिय कम्पनी बोटलर्सलाई बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२० प्रदान गरिएको हो । बोटलर्स नेपाल तराईले जेनेरल सेक्टर (अन्य) अन्तर्गत उक्त पुरस्कार प्रदान गरेको हो । आईक्यान चार्टर्ड एकाउन्टेन्टदेखि रजिष्टर्ड अडिटरहरूको संस्था हो ।

राज्यको एउटा निकायले गलत काम गरेको मूल्यांकन गर्दा गर्दै अर्को स्थापित संस्थाले उक्त कम्पनीलाई आईक्यानले पुरस्कृत गरेको हो । आईक्यानले संस्थागत मूल्यांकन विपरित कोकाकोलाका प्रतिनिधिलाई बोलाएर अवार्ड प्रदान गरेको हो । आईक्यानजस्तो स्थापित संस्थाले कर छलीजस्तो गम्भीर विवादमा मुछिएको छ ।

महालेखापरीक्षकको कार्यालय र आईक्यानबीच अन्तरसम्वन्ध हुन्छ । आईक्यानले महालेखालाई नै चुनौति दिँदै कर छलीमा संलग्न कम्पनीका प्रतिनिधिलाई ल्याएर पुरस्कृत गर्ने काम गरेको छ ।

आईक्यानका अध्यक्ष सीए मदन शर्माले कोकाकोलाका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डन र फाइनान्स कन्ट्रोलर अशोक मण्डल अवार्ड दिएका थिए ।

गत डिसेम्बर महिनामा कोकाकोलाको स्वामित्व परिवर्तन हुँदा उक्त राजस्व छली भएको हो । ठूला करदाता कार्यालयमा दर्ता भएको बहुर्राष्ट्रिय कम्पनी कोकाकोलाको कुल सेयर संख्या १९ लाख ४८ हजार मध्ये १४ लाख ८४ हजार ३०१ कित्ता सेयर अर्को बहुर्राष्ट्रिय कम्पनीले खरिद गरेको थियो । उक्त कम्पनीको २०७१ मंसिरमा ७६.१६ प्रतिशत स्वामित्व परिवर्तन गर्दा कम्पनीको नामसमेत परिवर्तन गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स