घटेको नेप्सेमा साढे ६९ करोडको कारोबार, दुई कम्पनीमा लाग्यो सर्किट, यस्ता छन् सर्वाधिक खरिद बिक्री गर्ने १० कम्पनी

काठमाडौं । दुई घण्टे सेयर बजारमा गिरावट आएको छ ।

शुक्रबार, नेप्से परिसूचक १.६७ अंकले घटेर १९७०.६२ अंक विन्दुमा आइपुगेको छ ।

आज १८ लाख १ हजारको कित्ता सेयर ६९ करोड ८८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ हाइड्रोपावर, अन्य र माइक्रो फाइनान्स बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज ७३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९७ वटा कम्पनीको घटेको छ भने १७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यस्तै, सपोर्ट माइक्रो फाइनान्समा ९.८०% र रुरु जलविद्युतमा ९.६७ प्रतिशतको सर्किट लागेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक सेयर खरिद बिक्री भएको छ । कम्पनीको १० करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको ४ करोड ३७ लाख, अरुण काबेली पावरको २ करोड ४६ लाख, रिडी हाइड्रोपावरको २ करोड २६ लाख र शिवम् सिमेन्ट्सको २ करोड २० लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स