नेप्सेद्वारा सूचीकृत कम्पनीहरुलाई तोकिएको समयभित्र वित्तीय विवरण पेस गर्न निर्देशन

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई तोकिएको समयभित्र वार्षिक तथा त्रैमासिक वित्तीय विवरणको विद्युतीय प्रति पेस गर्न निर्देशन दिएको छ।

नेप्सेले बिहीबार एक सूचना जारी गर्दै सूचीकृत कम्पनीहरुलाई वार्षिक तथा त्रैमासिक वित्तीय विवरण (विद्युतीय प्रति) नेप्सेमा पेस गर्न निर्देशन दिएको हो।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ ले व्यवस्था गरेबमोजिम सूचीकृत कम्पनीहरुलाई तोकिएको समयभित्र वित्तीय विवरण पेस गर्न सूचनामा उल्लेख छ।

तोकिएको समय भित्र उल्लेखित विवरणहरु प्राप्त नभएमा नियमानुसार कारबाही गरिने चेतावनी नेप्सेले दिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स