नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्था विभागले आज एक सूचना प्रकाशित गर्दै भदौ १७ गतेदेखि अनलाइन फारम भर्न आह्वान गर्दै आवेदन खुलाएको हो ।

बैंकले सहायक निर्देशक प्रशासनतर्फ १८ जना, सहायक द्वितीय प्रशासनतर्फ २४ जना र सहायक निर्देशक प्राविधिकतर्फ १ जना दरखास्त आह्वान गरेको हो ।

दरखास्त पेस गर्ने अन्तिम मिति असोज ६ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरी असोज १३ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ।

यस्तो छ सूचना :

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स