काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।
बिहीबार, नेप्से परिसूचक ०.९२ अंकले घटेर १९७२.४६ अंक विन्दुमा आइपुगेको छ ।
आज ३९ लाख ५५ हजारको कित्ता सेयर १ अर्ब ३८ करोड ३४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ होटल एण्ड टुरिजम, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स, नन् लाइफ इन्सोरेन्स, माइक्रो फाइनान्स र लाइफ इन्सोरेन्स बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।
आज ११२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७० वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्सोरेन्समा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।
आज नेपाल टेलिकमको सर्वाधिक सेयर खरिद बिक्री भएको छ । कम्पनीको १२ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५ करोड ६५ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ४ करोड ८८ लाख, रिडी हाइड्रोपावरको ४ करोड १६ लाख रुपैयाँ र अरुण काबेली पावरको ३ करोड ८२ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।