मिर्मिरे लघुवित्त र बुद्द ज्योतिको एकिकृत कारोबार सुरु, एफपीओ जारी गर्ने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्द ज्योति लघुवित्तलाई प्राप्ति गरेर एकिकृत कारोबार सुरु गरेको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट भदौ १५ गतेबाट एकिकृत कारोबार सुरु गरेको हो ।

भदौ १२ गते राष्ट्र बैंकबाट बनेपामा केन्द्रिय कार्यलय रहेको मिर्मिरे लघुवित्त र रुपन्दर्शीको लुम्बिनीमा रहेको बुद्द ज्योति लघुवित्तले एकिकृत कारोबार सुरु गर्नका लागि इजाजत पाएका थिए ।

प्राप्ति गर्दाको स्वाप रेशियो १ः०.७६ निर्धारण गर्दा वित्तीय संस्थाको कुल चुक्तापुजी ५३ करोड १२ लाख ५ हजार ३ सय ८८ रुपैयाँ भएको छ । एकीकृत कारोबार पश्चात मिर्मिरेको चुक्तापुँजी ५३ करोड १२ लाख ५ हजार ३ सय ८८, अधिकृत पुँजी ६० करोड, शाखा संख्या १५१ हुनेछ भने लगानीमा रहिरहेको कर्जा रकम ८ अर्ब ७२ करोड, ऋणी सदस्य संख्या ५९ हजार ७ सय जना कुल सदस्य संख्या १ लाख ३२ हजार १९३ जना र निक्षेप संकलन २ अर्ब ६८ करोड ३ लाख ९ हजार ३ सय २८ रूपैयाँ रहेको कम्पनीले जनाएको छ ।

मिर्मिरे लघुवित्तले एफपीओ जारी गर्ने सम्बन्धमा धितोपत्र बोर्डलाई पत्राचार गरेको जनाएको छ ।

साथै, नेपाल राष्ट्र बैंकबाट २०७९ श्रावण ३० गतेको स्वीकृति पत्रानुसार संस्थापक समूह र सर्वसाधारण समुहको शेयर स्वामित्व प्रतिशत ७०ः३० कायम गर्ने प्रयोजनको लागी एफपीओ जारी गर्ने स्वीकृति प्राप्त भएकोले प्रक्रिया अघि बढाएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स