क्यूएफएक्स सिनेमा र खल्तीबीच सहकार्य

काठमाडौं । क्यू एफ एक्सले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले खल्तीसँग ३ वर्षे सहकार्य सम्झौता गरेको छ । उक्त सम्झौता अन्तर्गत अब क्यूएफएक्सका ग्राहकहरुले क्यूएफएक्स को एप÷वेबका साथै खल्ती मार्फत् क्यूएफएक्सको मुभी टिकट ५० सेकेन्ड मै खरिद गर्न सक्नेछन् । यो खल्तीका ग्राहकहरुका लागि पनि उपलब्ध हुनेछ र यो सुविधा विशेष गरी खल्तीको एपमा मात्र उपलब्ध रहेको छ ।

यसअघि क्यूएफएक्सको मुभी टिकट खरीद क्यूएफएक्स कै वेब साईट लग ईन गरि वा क्यूएफएक्सको एप बाट मात्र गर्न सकिन्थ्यो भने यो साझेदारी पश्चात क्यूएफएक्सका ग्राहकहरु र खल्ती प्रयोगकर्ताले सिधै खल्ती एप मार्फत मुभी टिकट खरीद गर्न सक्नेछन् ।

साथै क्यूएफएक्सको एप÷वेब बाट पनि टिकट खरिद गरि खल्ती बाट पनि भुक्तानी गर्न सकिनेछ । भाद्र १ गतेदेखि लागु भएको यो सुविधासँगै क्यूएफएक्सका ग्राहकहरु र खल्ती प्रयोगकर्ताले यसरी टिकट खरिद गरेर क्यूएफएक्सको लोयल्टी पोइन्ट् र खल्ती पोइन्टस् पनि प्राप्त गर्नेछन् ।

यस सहकार्यपछि खल्तीले आगामी ३ वर्षका लागि क्यूएफएक्स सिनेमाको preferred payment partner हुनुका साथै क्यु आर प्लेसमेन्ट र अन्य अन्स्क्रिन र अफ्स्क्रिन ब्राण्डिङ्ग र विज्ञापनसँग सम्बन्धित विभिन्न साझेदारी गर्नेछ ।

खल्ती एप भित्र गई आफूले हेर्न चाहेको मुभी, उपलब्ध क्यूएफएक्स हल, समय र सिट सजिलै केहि ट्यापमै छनौट गर्न सकिन्छ र आफ्नो टिकट खरिद गरे पश्चात क्यूएफएक्सको गोजी लोयल्टी पोइन्ट्स र खल्ती पोइन्ट्स पनि प्राप्त हुनेछ साथै खल्तीमा आफ्नो बैंक लिंक गरि प्रयोगकर्ताले खल्ती लोड नगरी सिधै बैंक खाताबाटै भुक्तानी प्रक्रिया पुरा गर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स