नेप्सेमा भारी अंकको गिरावट, सबै उपसमूह राताम्मै, नेपाल टेलिकमको सर्वाधिक कारोबार

काठमाडौं । दुईदिन सामान्य अंकले बढेको सेयर बजारमा एकैदिनमा भारी गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक २१.९७ अंकले घटेर १९७३.३८ अंक विन्दुमा आइपुगेको छ ।

आज २९ लाख ९२ हजारको कित्ता सेयर १ अर्ब १२ करोड ६२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज १५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६८ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक सेयर खरिद बिक्री भएको छ । कम्पनीको १० करोड ७४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, रिडी हाइड्रोपावरको ६ करोड ४० लाख, राप्ती हाइड्रोको ३ करोड २७ लाख, नेष्डो समृद्ध लघुवित्तको ३ करोड २५ लाख र शिवम् सिमेन्ट्सको ३ करोड ६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स