काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स आजबाट छैटौं वर्षमा प्रवेश गरेको छ । बीमाको माध्यमबाट आम सर्वसाधारणको घर–घरमा पुग्ने उद्देश्यका साथ अघि बढेको रिलायबल लाइफले आफ्नो ५ वर्ष सफलतापूर्वक बिताएको छ । २०७४ साल भदौं १५ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको यस इन्स्योरेन्स कम्पनीले ५३ करोड ५९ लाख बीमा व्यवसाय गरेको छ । कम्पनीले लघु बीमालाई प्रथामिकतामा राखेर अघि बढ्ने बताएको छ । लघु बीमालाई अब्बल बनाउन जानकारी दिएको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा खुद मुनाफा २१.६५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । कम्पनीले समिक्षा अवधिमा २७ करोड ४८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जबकी अघिल्लो आर्थिक वर्षमा २२ करोड ५९ लाख रुपैयाँ थियो ।
कम्पनीले गत आर्थिक वर्षमा कुल बीमा शुल्क आर्जन ३१.८५ प्रतिशलते बढाउन सफल भएको छ । रिलाबल नेपालले गत आर्थिक वर्षमा तीन अर्ब ९७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । त्यस्तै खुद बीमा शुल्क आर्जन पनि २७.४२ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले यस अवधिमा तीन अर्ब ७७ करोड रुपैयाँ आर्जन गरेको छ ।
बीमा शुल्क सँगै दाबी भुक्तानी पनि बढिरहेको छ । यसै क्रममा कम्पनीले गत वर्षमा ७१ करोड ७७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस वर्ष कम्पनीको बाँकी दाबी भुक्तानी सून्य छ । व्यवसायिक बृद्धि सँगै कम्पनीको अभिकर्ता कमिशन बापत ५७ करोड ६९ लाख रुपैयाँ खर्च भएको छ । अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशतले बढेको हो ।
यस वर्षमा कम्पनीको जीवन बीमा कमकोषमा ५९.४८ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कोषमा ४ अर्ब ६० करोड रुपैयाँ जम्मा भसकेको छ । दीर्घकालिन कर्जा लगानी तीन अर्ब ९३ करोडबाट ६ अर्ब एक करोड रुपेयाँ पुर्याउन सफल भएको छ । चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब ९ करोड रुपैयाँ जम्मा भएको छ ।
मुनाफा बढे सँगै कर्मचारीका लागि व्यवस्था गरिएको रकम पनि बढेको छ । यस वर्ष कम्पनीले कर्मचारीका लागि २ करोड ७४ लाख रुपैयाँ छुट्टाएको छ । अभिकर्ताले मात्रै यस वर्ष ५७ करोड ६९ लाख रुपयाँ कमिशन तथा इन्सेन्टिभ बुझेका छन् । प्रतिशेयर आम्दानी १९ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ रहेको छ ।
वार्षिकोत्सवकै अवसरमा कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठले रिलायल नेपाल लाइफ आज अन्य बीमा कम्पनीभन्दा फरक धरातलमा उभिएर अघि बढिरहेको बताए । आगामी दिनमा नेपालको गाउँ गाउँ तथा दूर दराजमा व्यवसायको पहुँच विस्तार गरी व्यवसाय अझै फराकिलो परिने सन्देश दिएका छन् । कम्पनीले केन्द्रदेखि तलसम्म एउटै रणनीतिमा काम गरिरहेको बताउँदै आगामी वर्ष अझै उत्कृष्ट कम्पनी बन्ने विश्वास व्यक्त गरेका छन् ।
५ वर्षको यात्रामा योगदान गर्ने नियामक निकाय, कर्मचारी, बीमा अभिकर्ता तथा शुभेच्छुकहरुमा बार्षिकोत्सवको अवसरमा कम्पनीले कृतज्ञतासहित धन्यवाद ज्ञापन गरेको छ । साथै आगामी दिनमा अझै सरल र उत्कृष्ट बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएकोछ ।
छैटौं वर्ष प्रवेश गरेको अवसरमा रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीका सिईओ नारायण बाबु लोहनीले सबै स्टेक होल्डरसँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने, लघुबीमाको लागि गाउँ गाउँमा पुगेर बीमा सेवा प्रवाह गर्ने, बीमितको हितमा बोनसदर वृद्धिमा फोकस हुने तथा डिजिटल मार्केटिङलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।