काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर कारोबार सुरु भएको छ ।
मंगलबार कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएसँगै आज बुधबारबाट कारोबारमा आएको हो।
कम्पनीको पहिलो कारोबार प्रति कित्ता ३१९ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०६.३५ रुपैयाँदेखि ३१९.०५ रुपैयाँसम्मको रेन्ज तोकेको थियो ।
नेप्सेले यो कम्पनीलाई ‘RHGCL’ कारोबार संकेत प्रदान गरेको छ।