मङ्सिर ४ गते हुने निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना लिइने

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्ने भएको छ । निर्वाचन सुरक्षार्थ सो संख्यामा ४० दिनका लागि म्यादी प्रहरीको भर्ना खोल्ने तयारी गरिएको हो ।

अर्थ मन्त्रालयले उक्त निर्वाचनमा प्रहरीलाई सघाउन १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्न सहमति दिएको बताइएको छ ।

गत स्थानीय निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएकामा यसपटक १ लाख २० हजार भर्नाका लागि तालकु गृहमन्त्रालयमा प्रस्ताव पेश गरिएको नेपाल प्रहरीका कार्यवहाक आईजीपी सहकुल थापाले बताएका थिए । उनले संघ र प्रदेश निर्वाचनमा कैदीबन्दीसहित पाँच लाख मतदाता बढ्ने र मतदान केन्द्रसमेत थप हुने अनुमान गरिएअनुसार सुरक्षाकर्मी बढाइएको बताएका छन् ।

म्यादी प्रहरीलाई परीक्षालगायत छनोटमा केही सहजता गर्ने प्रहरी प्रधान कार्यालयको योजना छ । गएको वैशाखमा खटिएका म्यादी प्रहरीलाई भर्ना लिँदा स्रोत–साधनको बचत हुने र उनीहरूलाई अनुभव पनि भएकाले सुरक्षामा सहज हुने प्रहरी प्रधान कार्यालयको बुझाइ छ । छनोटका क्रममा पूर्वम्यादी प्रहरीको प्रमाणपत्र हेरिनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स