गाउँ गाउँमा बीमा पहुँच विस्तार गर्न लघु बीमा छुट्टै सञ्चालन गर्न लागिएको होः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिले गाउँ गाउँमा बीमाको पहुँच पुर्याउने उद्देश्यले लघु बीमा कम्पनीलाई लाइसेन्स दिन लागेको जनाएको छ । बीमा समितिले पत्रकार सम्मेलनमार्फत लघु बीमामा अहिलेका कम्पनीहरू आकर्षित नभएकोले नयाँ लघु बीमाको लाइसेन्स वितरण गर्न लागिएको जनाएको छ ।

बीमा समितका अध्यक्ष सूर्य प्रसाद सिलवालले गरिबसम्म बीमा पुग्न नसकेकोले लघु बीमाको अभ्यासमा अघि बढेको बताए । अहिलेसम्म २ प्रतिशतमा मात्रै लघु बीमा पुगेको तथ्यांकले देखाएको बताउादै उनले प्रदेशस्तरमा सञ्चालन हुने लघु बीमा गरिबसम्म बीमा सेवा पुग्ने बताए । ‘गत वर्ष कार्तिकमा आएको वेमोसमी वर्षाले १० अर्बको धान क्षति भएको र यदि बीमाको भएको भए सो क्षति किसानले व्यहार्नु पर्ने थिएन,’ उनले भने ।

हाल सञ्चालित कम्पनीले १० प्रतिशत लघु बीमा गर्नुपर्ने बताइए पनि हुन नसकेको र बीमा पेनिटेशन बढेपनि लघु बीमामा खासै सुधार हुन नसकेको उनको दावी थियो ।

समग्रमा जीवन बीमा लेख ५२ प्रतिशतले बढ्दा निर्जीवन बीमालेख २ प्रतिशतलेमात्रै बढ्दा पनि कुल बीमा शुल्क १६ प्रतिशतले बढेको समितिले जनाएको छ । कुल गार्हस्थ्य उत्त्पादनमा बीमाको योगदान ३.३६ प्रतिशतले बढेको र करिब १२ हजारले यस क्षेत्रमा रोजगारी पाएका पनि कार्यक्रममा उल्लेख गरिएको छ ।

गत आवमा साढे ६३ अर्बभन्दा बढी दावी भुक्तानी
बीमा बजारमा दावी भुक्तानमिा समस्या देखिएपनि देशमा सञ्चालित ४० वटा बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०७८÷७९ मा ६३ अर्ब ४२ करोड रुपैयाँ दावी भुक्तानी गरेका छन् । अघिल्लो आर्थिक वर्षमा ५० अर्ब ४९ करोड रुपैयाँ दावी भुक्तानी गरेका कम्पनीहरूले बीमा समितिले यसमा निगरानी बढाएपछि गत आर्थिक वर्षमा भुक्तानीमा सचेत भएका हुन् ।

गत आर्थिक वर्षमा सो दावी भुक्तानीमध्य जीवन बीमा कम्पनीको दावी भुक्तानी ४४ अर्ब ६० करोड र निर्जीवन बीमा कम्पनीतर्फ १८ अर्ब ८२ करोड दावी भुक्तानी भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स