कोरोना बीमाको दावी भुक्तानी गर्न १ अर्ब निकासा गर्दै अर्थ मन्त्रालय

काठमाडौं । लामो समयको प्रतिक्षा पछि अन्ततः कारोना बीमाको दावी भुक्तानी हुने भएको छ । सोमबार बीमा समितिले आयोजना गरेको कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाले कोरोना बीमाको दावी भुक्तानीको लागि अर्थ मन्त्रीले १ अर्ब रुपैयाँ निकासा गर्न मौखिक निर्देशन दिइसकेको बताए ।

कार्यक्रममा बोल्दै उनले भने, ‘कोरोना बीमा वापतको सरकारले दिन बाँकी रहेको रकम अर्थ मन्त्रालयले दिने भनेको छ । एक हप्ता भित्रमा एक अर्ब रुपैयाँ निकासा हुन्छ ।’ बाँकी रकमको लागि पनि समितिले पहल गरिरहेको छ । सरकारले गरेको प्रतिवद्धता पुरा गर्नुृपर्छ भन्ने भनाइ हो ।’ कोरोना बीमाको दायित्व सरकारले स्वीकार गर्नुको विकल्प नभएकोले भुक्तानी गर्न सरकारलाई आग्रह गरिएको बताए ।

समितिका अध्यक्ष सिलवालले आगामी साताभित्रमा रकम निकाशा भएमा कोरोना बीमाको रकम वितरण गर्न सहज हुने बताए ।

यसका साथै नेपालबाट विदेशमा गरिएको पुनर्बीमाको करिब ३ अर्ब रुपैयाँ नेपाली बीमा कम्पनीहरुले लिन बाँकी रहेको पनि अध्यक्ष सिलवालले सो कार्यक्रममा जानकारी दिए । ‘नेपाली विभिन्न बीमा कम्पनीहरूले विदेशमा गरेको बीमाको करिब ३ अर्ब रुपैयाँ लिन बाँकी रहेको छ । प्राय गरेर दक्षिण अफ्रिकी मुलुकका कम्पनीसँग गरेका कम्पनीको दावी भुक्तानी उठन बाँकी रहेको छ,’ उनले भने ‘अब नेपालबाट रेटिंग नभएका कम्पनीहरूसँग पुनर्बीमा नगर्ने भनिएको छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स