सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाको लाभांश घोषणा

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १२% लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सनराइज बैंकबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८/०७९ का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १२% का दरले हुन आउने १० करोड ३२ लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो।

साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स