१ सातामा बैंकहरूले गरे २२ अर्ब कर्जा प्रवाह, सरकारले खर्च नगरे ब्याजदर बढ्छ : भुवन दाहाल

काठमाडौं । पछिल्लो साता वाणिज्य बैंकहरूले कर्जा लगानी ह्वात्तै बढाएका छन् । भदौ ११ गतेदेखि १८ गतेसम्म बैंकहरूले २२ अर्ब कर्जा प्रवाह गरेका हुन् । त्यसको अघिल्लो साता पनि बैंकहरूले १४ अर्ब कर्जा प्रवाह गरेका थिए । कर्जा लगानी बढेपनि सोही अनुपातमा निक्षेप भने बढ्न सकेको देखिदैन । १ सातामा २२ अर्बले कर्जा बढ्दा निक्षेप भने ४ अर्बमात्रैले बढेको छ । त्यसको अघिल्लो साता ८ अर्बले निक्षेप बढेको थियो ।

बैंकहरूमा यसरी निक्षेप घट्दै कर्जा लगानी बढ्दै जाने जानु भनेको वित्तीय बजारमा लगानी योग्य पुँजीको अभाव हुनु हो । अहिले नै बजारमा लगानी योग्य पुँजी अभाव त्यति नदेखिसके पनि सरकारले खर्च नगरे कर्जाको ब्याजदर बढ्ने नेपाल बैकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जानकारी दिए ।

‘आशा गरौं सरकारले खर्च गर्छ,’ उनले भने ‘रेमिट्यान्स पनि आउँछ भन्ने हो ।’ रेमिट्यान्स आएपनि फेरि आयातमा पैसा बाहिरिन्छ । अहिले नै बैंकहरूले राष्ट्र बैंकसँग करिब ५० अर्ब जति ऋण लिइसके ।’ यदि सरकारले पैसा खर्च गरेन भने कर्जाको अहिलेको ब्याजमा आधादेखि १ प्रतिशतसम्म ब्याजदर बढ्छ ।

अहिलेसम्म सिंगल डिजिजमा प्रदान गर्दै आएको ब्याजमा थप भार थपिने उनले बताए । सरकारे ट्रेजरीमा पैसा थुप्रिएको छ । खर्च हुन सकेको छैन ।

राष्ट्र बैंकले पनि बैंकहरूसँग कर्जा लागनी गर्ने रकम नभएको पुष्टि गरेको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बैंकहरूलाई कर्जा प्रवाह गर्न सहज नभएको बताए । ‘सरकारी खर्च भएको छैन,’ उनले भने ‘खर्च भए तरलता अभाव हुँदैन, तर अहिले भने बैंकहरू सहज अवस्थामा छैनन् ।’

सरकारको टेजरीमा २ खर्ब ७८ अर्ब रुपैयाँ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स