काठमाण्डौं । नबिल बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने भएको छ ।
बैंकले आज एक सूचना प्रकाशित गर्दै संस्थापक सेयरधनीको नाममा रहेको ५० हजार कित्ता सेयर बिक्रीमा राखेको हो। यो संस्थापक सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै निवेदन दिन पाउनेछन्।
बैंकले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४८० रुपैयाँ तोकेको छ । इच्छुक आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
उक्त सेयरमा आवेदन दिन चाहाने इच्छुक विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन काठमाण्डौको तीनधारास्थित विणामार्गमा रहेको बैंकको केन्द्रीय कार्यालय बुझाउनुपर्नेछ।
तोकिएको मितिभित्र कुनै निवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति तथा संघसंस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।