तीजको मुखमा ओरालो लाग्दै सुनचाँदीको मूल्य, कति छ आजको बजार भाउ ?

काठमाडौं । तीजको मुखमा सुनचाँदीको मूल्यमा गिरावट आउने क्रम जारी रहेको छ । हिजो ७ सयले घटेको छापावाल सुनको मूल्य आज (सोमबार) ६ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर ९४ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर ११ सय ४५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स