काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँट भएको छ ।
कम्पनीको आईपीओ धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा दिउँसो २ बजे बाँडफाँट भएको हो ।
कम्पनीको आईपीओमा १५ लाख ५१ हजार ४१३ आवेदकले १ करोड ६९ लाख १० हजार ६२० कित्ताका लागि दिएको आवेदन मात्रै सदर भएको छ भने ५ हजार ११२ आवेदकबाट परेको ६० हजार कित्ता बदर भएको छ।
मागभन्दा बढी आवेदन परेकोले आईपीओ गोलाप्रथाबाट बाँडफाँट भएको छ। जसअनुसार भाग्यमानी २ लाख २९ हजार ४६८ जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने २ जनाले ११ कित्ता सेयर पाएका छन्। यो हिसाबले १३ लाख ७६ हजार बढीको हात खाली भएको छ।
कम्पनीले सर्वसाधारणहरुका लागि २४ लाख ६७ हजार ४ सय कित्ता सेयर निष्काशन गरेको हो ।
जस मध्ये ४९ हजार ३ सय ४८ कित्ता कर्मचारीको लागि छुट्याईएको छ भने १ लाख २३ हजार ३ सय ७० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकी रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका छन् ।
आईपीओको नतिजा प्रकाशन भएको केहि समयपछि यी ४ तरिकाबाट हेर्न सकिने छ ।
१.बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com
२. सिडीएससीको मेरोसेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login
३. सिडीएसको वेबसाइट : iporesult.cdsc.com.np/
४. कम्पनीको वेबसाइट : http://peoplespower.com.np