प्रभु क्यापिटल तथा टी३ थकाली ग्रुप बीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु क्यापिटलले चाडवाडको अवसर पारी आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यही मिति ८ भाद्र २०७९ का दिन प्रभु क्यापिटल तथा टी३ थकाली ग्रुपका बीचमा सम्झौता भएको हो । यस अफर अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले टी३ थकाली ग्रुपका बाट सेवा लिदा १२ प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट या बील पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ ।

समझौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले टी३ थकाली ग्रुपको एयरपोर्ट, महाराजगंज तथा टोखाका शाखाहरुबाट प्राप्त गर्नसकिने कम्पनीले जनाएको छ ।

नेपाली पूँजी बजारमा भिडियो केवाइसी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई डिपी सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स