शिवम् सिमेन्ट्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले विशेष साधारण सभा सम्पन्न गरेको छ । भाद्र १० गतेका लागि बोलाईएको विशेष साधारण सभा अनामनगर स्थित कम्पनीको सभाहलमा सम्पन्न गरिएको हो । उक्त सभा कम्पनीका संचालक अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसि संचालक समितिको निर्णय बमोजिम सभा समक्ष प्रस्तुत गरिएका सबै विशेष प्रस्तावहरु पारित गर्दै विशेष साधारण सभा सम्पन्न भएको थियो ।

विशेष साधारण सभाबाट कम्पनीको प्रबन्ध पत्रको दफा ६ को खण्ड (ख) र (ग) तथा नियमावलीको नियम नं. २३, नियम नं. २५ को (५) नियम नं. २७ को (२), नियम नं. २९ र नियम नं. ३१ संशोधन गर्ने सम्बन्धि सबै विशेष प्रस्तावहरु सर्व सम्मत रुपमा पारित भएका छन । उपरोक्त संशोधन पश्चात कम्पनीको संचालक समितिको संख्या ७ जनाबाट ६ जनाको कायम हुनुका साथै कम्पनी ऐन २०६३ को दफा ७३ बमोजिम ५१ प्रतिशत वा सो भन्दा बढि सेयरधनीहरुको उपस्थितिमा साधारण सभा संचालन गर्न सकिने गरी नियमावलीमा व्यवस्था गरिएको छ ।

सर्बसाधारणका लागि आईपिओ. निष्काशन गर्ने पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले उत्पादन समय देखिनै आफ्नै चुनढुंगा खानीबाट ओ.पि.सि मात्र उत्पादन तथा विक्रिवितरण गर्दै आईरहेको छ । उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एन.एस. क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत भएको थियो ।

शिवम् सिमेन्ट यसमा भएको गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुका अनेकौं संरचना निर्माणमा शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका प्रस्तुत गर्दै आइरहेको छ ।

नेपालको केन्द्र भाग हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स