नेप्सेमा एचआईडीसीएलको संस्थापक सेयर सूचीकृत, कतिमा हुँदैछ पहिलो कारोबार ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को झन्डै ९८ लाख कित्ता संस्थापक सेयर सूचीकृत भएको छ ।

कम्पनीले लिलाममा ल्याएको ९७ लाख ९५ हजार ५ सय ५ कित्ता संस्थापक सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएको एचआईडीसीएलको संस्थापक सेयर आज शुक्रबारबाट कारोबारमा आउनेछ।

पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ११३ रुपैयाँ तोकेको छ।

अबदेखि कम्पनीको साधारण सेयर ‘HIDCL’ र संस्थापक सेयर ‘HIDCLP’ सिम्बल बाट कारोबार हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स