बेष्ट फाइनान्सको नयाँ मुद्दती बचत योजना सार्वजनिक, ३ गुणा सम्म प्रतिफल

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले नयाँ मुद्दती बचत योजना सार्वजनिक गरेको छ । फाइनान्सले बचत डबल गर्ने की तेब्बर भन्ने शीर्षकमा यो नयाँ योजना ल्याएको हो।

कम्पनीका अनुसार यो योजनामा साधारण मुद्दती बचत तर्फ ५ वर्ष ११ महिनामा राखेको रकमको डबल हुनेछ । त्यस्तै ९ वर्ष ५ महिनामा जम्मा गरेको रकमको तेब्बर हुने फाइनान्सले बताएको छ । फाइनान्सले रेमिट्यान्स मुद्दती बचतमा भने ५ वर्ष ७ महिनामा डबल र ८ वर्ष १० महिनामा तेब्बर हुने जनाएको छ ।

फाइनान्सका अनुसार यो विशेष बचत योजनामा सहभागी हुने निक्षेपकर्ताले मोबाइल बैकिङ र एटिएम सेवा निः शुल्क पाउने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स