प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई ट्रयाङक्युलिटी स्पामा ३० प्रतिशत छुट

काठमाडौं । प्रभु क्यापिटल र ट्रयाङक्युलिटी स्पाबीच सम्झौता भएको छ । क्यापिटल र स्पाबीच शुक्रबार क्यापिटलका ग्राहकलाई छुट दिने सम्बन्धि सम्झौता भएको हो ।

यस सम्झौता अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रयाङक्युलिटी स्पा बाट सेवा लिँदा ३० प्रतिशत छूट पाउनेछन् ।

यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटल डिजिटल एप डाउनलोड गरी सोमा रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक गर्नुपर्नेछ ।

२०८० असार मसान्त सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाहरुबाट प्राप्त गर्नसक्नेछन् ।

यो अफर हालसम्म एप डाउनलोड गरेका सम्पूर्ण हितग्राहीको हकमा समेत लागू हुने क्यापिटलले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स