७ अंकले घट्यो नेप्से, दुई हाइड्रोपावरमा लाग्यो सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

सोमबार, नेप्से परिसूचक ७.३८ अंकले घटेर २०५३.१६ अंक विन्दुमा आइपुगेको छ ।

आज ५२ लाख ३० हजारको कित्ता सेयर १ अर्ब ७२ करोड ६२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज ४७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२४ वटा कम्पनीको घटेको छ भने १६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, अपर हेवाखोला हाइड्रोपावरमा १०% र मन्दाकिनी हाइड्रोपावरमा ९.९७ प्रतिशतको सर्किट लागेको छ ।

आज हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक सेयर खरिद बिक्री भएको छ । कम्पनीको २८ करोड १८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, रिडी हाइड्रोपावरको ८ करोड ५० लाख, प्राइम कमर्सियल बैंकको ८ करोड ४० लाख, शिवम् सिमेन्ट्सको ५ करोड ५३ लाख रुपैयाँ र अपि पावरको ५ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स