आईपीओ भर्दा लाग्ने सी-आस्बा शुल्क ५ रुपैयाँभन्दा बढी लिन नपाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ भर्दा लाग्ने सी-आस्बा शुल्क घटाउने तयारी गरेको छ। बोर्डको आइतबार साँझ बसेको संचालक समितिको बैठकले सी-आस्बा शुल्क अधिकतम ५ रुपैयाँभन्दा बढी लिन नपाउने गरि आवश्यक व्यवस्था गर्ने निर्णय गरेको हो ।

यस अघि बैंक तथा वित्तीय संस्थाले अधिकतम १०० रुपैयाँ शुल्क लिदै आएकोमा अब अधिकतम ५ रुपैयाँमात्र लिन पाउने छन् । । हाल ३ वटा वाणिज्य बैंकले यो सेवा निशुल्क प्रदान गरिरहेका छन् भने बाँकीले १० रुपैयाँदेखि १०० रुपैयाँसम्म सी-आस्बा शुल्क उठाउँदै आएका छन्।

बोर्डको संचालक समितिले निर्णय गरेसँगै अब धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ मा आवश्यक संशोधन गर्नु पर्ने हुन्छ । निर्देशिकामा आवश्यक संशोधन गरेर यो छिट्टै कार्यन्वयनमा लैजाने बोर्डले जनाएको छ ।

लगानीकर्ताले आईपीओमा आवेदन दिनेको संख्या धेरै हुँदा नपर्ने र चर्कोशुल्क पनि लाग्ने भन्दै शुल्क परिमार्जन गर्न माग गर्दै आएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स