रिडी हाइड्रोपावरको सवा १२ करोडको कारोबार हुँदा रिभर फल्सको घट्यो 

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सेयर बजार परिसूचक घटेको छ । आज नेप्से सूचक ७.७२ अंकले घटेर २०६०.५५ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका २१८ कम्पनीका ५३ लाख ३९ हजार ४ कित्ता सेयर खरिद बिक्रिबाट २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६ सय ८८ रुपैयाँ ५७ पैसाको कारोबार भएको छ ।

सोमध्ये रिडी हाइड्रोको सबैभन्दा धेरै १२ करोड २८ लाखको कारोबार भएको छ । अपि पावरको १० करोड २ लाखको कारोबार भएको छ भने नेष्डो समृद्द लघुवित्तको ७ करोड ५१ लाख, नेपाल टेलिकमको ६ करोड ५४ लाख, तथा हिमालयन डिस्टिलरीको ४ करोड ७७ लाखको कारोबार भएको छ ।

आज मन्दाकिनी हाइड्रोको सेयर मूल्य १० प्रतिशत बढेको छ भने अपर हेवाखोला हाइड्रोको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । एनएमबि ५० म्युचुअल फण्डको इकाई मूल्य ४ प्रतिशतले बढेको छ भने श्वेत गंगा हाइड्रोको सेयर मूल्य ३.५६ प्रतिशत बढेको छ ।

आज रिभर फल्स पावरको सेयर मूल्य सर्वाधिक ५.१९ प्रतिशतले घटेको छ । हिमालयन हाइड्रोका सेयर मूल्य ५.०७ प्रतिशतले घटेको छ । ै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.५३ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये बैंकिङ, होटेल त्तहा टुरिजम, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन समूहका बाहेकका सबै समुहगत सूचक घटेका छन् । जसमा ट्रेडिङ समूह सर्वाधिक १.९३ प्रतिशत. अन्य समुह १.६७ प्रतिशत र हाइड्रो समुह १.१५ प्रतिशत घटेका छन् । आज होटेल तथा टुरिजम समुह सर्वाधिक १.०६ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स