काठमाडौं । नेपाल डेल्टा भेरियन्टपछि कोरोनाको नयाँ भेरियन्ट देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै कप्पा नामक नयाँ भेरियन्ट पत्ता लागेको जानकारी दिएको हो । मन्त्रालयले भारतमा ४७ ओटा नमुना सिक्वेन्सको लागि पठाएको. थियो । तीमध्ये ३ जनामा कप्पा नामक भेरियन्ट देखा परेको हो ।
गत जेठ महिनाको मध्येदेखि असार मसान्तसम्म विभिन्न उमेर समूहका संक्रमितबाट कोरोना भाइरसको नमुना परिक्षण गरेको थियो । जसको सिक्वेन्सीङका लागि विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त भारतको ईन्स्टिच्युट अफ जेनोमिक्स एण्ड ईन्टरग्रेटिभ बायोलोजीमा पठाएको थियो ।
मन्त्रालयले नयाँ भेरियन्टले सबै उमेरसमुहका नागरिकहरुलाई उत्तिकै मात्रामा असर पार्ने बताएको छ । जसका कारण नागरिकहरुले सचेत रहन समेत मन्त्रालयले आग्रह गरेको छ ।