काठमाडौं । संसारको अनेकौ अविष्कार यूरोपबाट भएजस्तै पुँजी बजारको सुरुवाट पनि यूरोपेलीहरूले गरेका हुन् । हवाइजहाज, बस, विभिन्न सिष्टम प्रविधि सँगसगै पुँजीबजारको अवधारण सुरु गर्नेमा पनि गोरो वर्ण भएका मानिसलाई नै श्रेय जान्छ ।
यूरोपिएनहरूको इतिहासमा अधिकांश समय एक आपसको झैझगडा र शक्ति संघर्षमै बितेको देखिन्छ । पश्चिमाहरु दोन्ध,एक आपसको ,प्रतिसप्रदा संघर्षले नै विकास र परिवर्तनको बाटो औंल्याउँछ भनेर जीवनतुल्य उदाहरण बनेका छन् । सन् १८ सय भन्दा पहिले कुनै न कुनै बहानामा एक आपसका देशहरुबीच थिचो मिचो हुनु झैँ झगडा हुनु संस्कारकै रुपमा लिइन्थ्यो । पछिल्लो ३ सय वर्ष मात्र शान्तसँग मिलिजुली बसेका यूरोपेलीहरू संसारलाई नै नेतृत्व गर्ने र पाठ पढाउने हैसियत राख्दछन् ।
सन् १६०० को कुरा हो स्पेनको अधिनमा रहेको होल्।यान्डले स्वतन्त्र हुनको लागि ठूलो संघर्ष गर्यो । विभिन्न तहका संघर्ष र आन्दोलनले अन्नत परिणाम स्पेनबाट छुटिएर होल्यान्ड भन्ने नयाँ राज्यको सिर्जना भयो । भर्खर चोइटियर नयाँ देशको रुपमा सुरुवात गर्दा परिवर्तन गर्ने ऊर्जासँगसँगै, विभिन्न खालका अभावले पनि जकडिरहेको थियो । स्पेन विश्वकै सर्व शक्तिमान देश थियो र स्पेनबाटै छुटिएर आएको हुनाले विश्वका अरु देशले पनि स्पेनसँग सम्बन्ध चिसिने डरमा होल्यान्डलाई स्वीकारेका थिएनन् ।
त्यति बेलाको समयमा विदेशी मुलकमा जाने त्यहाँबाट अन्नपात मरमसला लिनु मुख्य आर्थिक स्रोतको बाटो थियो । मुख्य गरी एशियाली देश इन्डोनेशिया, फिलिपिन्स, इन्डिया, बर्मा तिर सुकमेल, ल्वाङ, मर मसला आदि लिन आउँँने गरिन्थ्यो । स्पेनबाट छुटिएर आएपछि स्पेनबाट होल्यान्डले कुनै साथ सहयोग पाउला भन्ने कुनै आशा थिएन । त्यसका साथसाथै स्पेनसँग सम्बन्ध बिग्रने डरमा अरु देशले पनि होल्यान्डलाई कुनै खालको सहयोग गरेका थिएनन् । त्यतिबेला नै स्पेन कम धनी तथा शक्तिशालि देश पर्चुगल थियो । पर्चुगलले खुला रुपमा होल्यान्डलाई सहयोग गर्न सकेन ।
छुटिएर स्वतन्त्र भएपछि एउटा सानो मुलुकमा सिर्जित भएपछि देशको आर्थिक एवम् प्रशानिक गतिविधि चलाउनको लागि आर्य आर्जनको स्रोत जुटाउनु, संरचना बनाउनु, नीति नियम पारित गर्नु मुख्य चुनौतिका विषय थिए । अरु देशमा जस्तैं होल्यान्डको पनि विदेशमा आफ्नो देशको टोली पठाउने उक्त टोली विदेशमा गएर व्यापार गरेर विभिन्न खालका खजना लिएर आउने काम उनीहरूको काम थियो ।
त्यत्ति सानो, सीमित स्रोत तथा साधन भएको हुँदा सानो सामुद्रिक नोक्सानीले पनि देशको अर्थतन्त्रलाई ठूलै धक्का दिने गर्दथ्यो । त्यति बलेको समयमा आधुनिक नक्सा र प्रविधि नहुँदा समुद्रमै हराएर ज्यान मार्नेको संख्या पनि धेरै हुन्थ्यो, सयौँ दिनसम्म समुन्द्रको यात्रा गर्नुपर्ने हुनथ्यो । गलत दिसा तिर लागेको भए समुन्द्रमा हिड्दा हिड्दै पुग्न नसकेर पनि मृत्यु हुने जोखिम सधै भइरहने हुन्थ्यो ।
एउटै सामुद्रिक ढुंगा पठाउँन निकै महँगो पर्न जान्थ्यो । एउटा ढुंगा ठूलै स्रोत साधन जुटाएर राज्यले योजना बनाउने गर्दथ्यो । त्यसरी पाइएका जहाज फर्किन्छन् कि फर्किन्न् भनेर सधैँ मनमा आशा सँगसँगै शंकाको मनले बन्दरगाहबाट बिदा गरिन्थ्यो । लगातार फर्केर नआउने केहि जहाजमा लगानी गरेपछि देश र अर्थतन्त्रलाई नै खस्काउने खालको खराब निर्णय हुन जान्थ्यो । स्पने, बेलायत र पर्चुगल जस्ता देशलाई स्थापित भएकोे यस्तै खराब जहाज निर्णयले अलि कम असर पारे पनि नव निर्मित होल्यान्ड जस्तो देशलाई भने ठूलो समस्या पर्न जन्थ्यो ।
त्यसैले होल्यान्डका बासिन्दाले त्यहाँका जनता, उद्योगी व्यवसायी र व्यक्तिबाट काम सम्पन्न गर्ने जुित्त निकाले । अब कुनै जहाज दुर्घटनामा परे त्यहाँको राज्यले पानि जहाज पठाउनका लागि आफ्नो साथसाथै त्यहाँका उद्योगी व्यवसायीसँग पनि समुन्द्री यात्रामा जान लागेका सिपाहीका लागि लगानी गर्न मिल्ने व्यवस्था मिलाइयो । यसले गर्दा जोखिम समानान्त्तर रुपमा सबैलाई बाढिने भयो ।
जहाज डुब्यो नै भने पनि सबैले थोरै थोर सबैलेै गुमाउने भए । जसले गर्दा धेरै जहाजलाई जुन जहाजमा लगानी गरेर पठाउन सकियो । जहाजले लिएर आएको अन्न, मरमसला, बहुमूल्य पदार्थ आदिको आफूले लगानी गरे अनुसारको पाइने हुन्थ्यो । यस्तो अवस्थामा लगानी गरेभन्दा हजारौं गुणा प्रतिफल पाइने भएपछि धेरै लगानीकर्ताहरू आकर्षित भए ।
तर, आफूले लगानी गरेको जहाज फिर्ता आएन भने त्यो पैसा पनि स्वाहा हुन्थ्योे र त्यस बेलाको समयमा जहाज हराउनु, बाटैमा समुद्री लुटेराबाट खोसिनु हुने गर्दथ्यो । त्यसो हुँदा पनि सय वटा समुन्द्री जहाजमा एउटै मात्र फर्केर आए पनि सबैलाई लांभास बाड्न सक्ने ल्याकत राख्थ्यो ।
समयसँंग सँगै मानिसले आफूले लगानी गरेको जहाजको मूल्य अर्कोलाई बेच्ने खालको ठूलो बजारको सिर्जना भयो । यसलाई नै पुँजी बजारको सुरुवातकाो क्षण भनेर चिनिने गरिन्छ । यसरी होल्यान्ड (डज) सुरुवाट गरेको पुँजीबजारको उपाय निकै प्रभावकारी सिद्ध भएको थियो । डजहरू व्यापारमा सर्व श्रेष्ठ हुँदै गए । अनीहरूले, इन्डोनेशिया, फिलिपिन्समा त एक क्षत्र राज है गरेर बसे । होल्याण्डल ेगरेको यो संघर्षलाई पुँजी बजारको उद्गम विन्दु मान्न सकिन्छ ।
यसरी आफ्नो समस्या र कमजोरीले सिर्जना गरेको पुँजीबजारले विश्व भरि नै बृहत रुप लिँदै गयो । संसारले नै सिको गर्योे भने तत्कालीन समयमा होल्यान्डका व्यक्ति सर्व शत्तिमान र धनी बने । १६११ मा संसारको पहिलो स्टक एक्सजेन्जको रुपमा एम्स्टर्डम स्टक एक्सजेंजको रुपमा लिहिन्छ । १६ सयको दशकमा पुँजीबजारको अविष्कार गरेको पछि अन्य देशले पनि सिको गर्दै संसार भरि फैलिएको थियो । आज आधुनिक अर्थतन्त्रको मेरुदण्ड र ऐनाको रुपमा चित्रण गरिन्छ ।
(ए ब्रिफ हिस्ट्री अफ स्यापिन्सबाट)