कुमारी बैंकले सि-आस्वा चार्ज नलिने

काठमाडौं । कुमारी बैंक लिमिटेडले सि-आस्वा चार्ज नलिने निर्णय गरेको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी सम्पूर्ण खाताहरुमा सि-आस्वा आवेदन शुल्क नलाग्ने निर्णय गरेको हो ।

योसँगै लगानीकर्ताले बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका विभिन्न धितोपत्रमा आवदेन दिँदा कुनै पनि शुल्क तिर्नुपर्दैन ।

ग्राहकहरुको हित तथा पुँजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै कुमारी बैंकले सो छुट ल्याएको हो । यसबाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थी लगायत कुमारी बैंकका सम्पूर्ण खाताधारकहरु लाई विशेष लाभ प्राप्त हुने विश्वास गरिएको छ ।

बैंकले हाल १९७ शाखा, १९१ एटीएम, ४९ शाखारहित बैंकिङ इकाई तथा २४ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स