नेपाल एसबिआई बैंक र गौतम होटेलबीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र गौतम होटेल, बर्दिबास बिच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी गौतम होटेल मा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अनूसार बैंकका गा्रहकहरुले कार्ड प्रयोग गर्दा लिने निश्चित सूविधामा सो छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता बैंकका प्रदेश कार्यालय प्रमूख लेखनाथ पोख्रेल तथा गौतम होटेल, बर्दिबासका प्रोप्राइटर हिरालाल गौतम बिच सम्पन्न भयो ।

उक्त कार्यक्रममा नेपाल एसबिआई बैंक लि. शाखा कार्यालय जनकपूरका शाखा प्रबन्धक प्रज्वल राज भन्डारी लगायत बैंक तथा होटेलका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स