काठमाडौं । १८ अगष्ट २०२१ मा नेपालको सेयर बजारको इतिहासमा हालसम्मकै उच्च बिन्दु ३२२० पुगेर ३८.२८ अंकले वृद्धि भई नेप्से परिसूचक ३१९८.६० अंकमा बन्द भएको थियो । कारोबार बन्द भएको उच्चतम विन्दुको हिसावले ३१९८.६० नै उच्चतम विन्दु भएपनि त्यसपछि १९ तारिकको कारोबारमा भने ३२२७.११ विन्दु चुमेर अन्त्यमा ३१८०.७९ अंकमा बजार बन्द हुँदा त्यसदिन १७.८१ अंकको गिरावट आएको थियो । उक्त १८ तारिकको दिनमा २१ अर्ब १६ करोड रुपैयाँको उच्च कारोबार भएको थियो ।
त्यसदिनको उच्च नेप्से परिसूचक र कारोबार रकममा पनि कमजोर कम्पनीका उच्च कारोबार अधिकतम उच्च मूल्यमा कारोबार हुँदा नयाँ तथा कम अनुभवी लगानीकर्ताहरू कमजोर कम्पनीमा अघिकतम उच्च मूल्यमा कारोबार गर्नाले सबै भन्दा पीडित तिनै लगानीकर्ताहरू अधिकतम मारमा परेका छन् । जसले गर्दा सेयर बजार वैधानिक ‘घजुवा घर’ हो भन्ने धारणाको विकास नयाँ लगानीकर्ताहरूलाई भएको पाइन्छ ।
तर, वित्तीय अवस्था राम्रा भएका कम्पनीहरूमा यदि लगानी गरिएको थियो भने ती कम्पनीहरूले दिने लाभांशले पनि लगानीकर्ताहरूलाई ठूलो नोक्सानीबाट बचाउन सक्ने थियो भने लगानीको उचित वातावरण कायम नै भइरहने थियो । सम्बन्धित क्षेत्रको नियामक निकाय नहुनु र यदि नियामक निकाय भइहाले पनि फितलो नियामकीय प्रणाली जसले गर्दा संैद्धान्तिक रुपमा ल्याउने पर्ने वित्तीय विवरणहरू वस्तु निष्ट किसिमले नआइ तोडमोड भएर आउनु र वर्षौदेखि नियमित वाािर्षक रुपमा लाभांश वितरण नगरी सेयर बजारको ‘बुल’ को अवस्थामा मूल्य वृद्धि गरी उच्चतम मूल्यमा बिक्री गर्नका लागि केहि वर्षदेखिको एकमुष्ठ रुपमा लाभांश घोषणा गरी माथिल्लो मूल्यमा पुर्याएर ती कम्पनीका प्रमोटरहरू सेयर बेचेर सेयर बजारबाटद निक्लिनाले पनि ती कम्पनीहरू लागनीकर्ताका लागि पासो थापे सरह भयो । जसमा सर्वसाधारण र कम अनुभवी नयाँ लगानीकर्ताहरू उक्त कम्पनीको जालझेलपूर्ण रणनीतिमा फस्न पुगे । जसले गर्दा लगानीकर्तालाई सेयर बजार वैधानिक ‘जुवा घर’ हो भन्ने धारणको विकास गरायो ।
नियामक निकायमा राम्रो सुशासन भएको क्षेत्र र राम्रा सञ्चालक समिति भएका राम्रा लाभांश वितरण गर्ने सेक्टर र कम्पनीमा लगानी नगर्नाले पनि सेयर बजार स्थायित्व र दिगो हुन नसकेको भनाइ नियामक निकायको छ भने बजारमा पनि त्यहि गतिविधिले निरन्तरतटा पाइरहेको छ । लागनीकर्ताहरूमा लागनी गर्नुभन्दा पनि ट्रेड गर्ने मानसिकताको विकास हुँदा राम्रा कम्पनीभन्दा पनि थोरै पुँजीकरण भएका कम्पनी र क्षेत्रहरू चल्नाले क्षणिक लाभ भएपनि दिर्घकालीन रुपमा सेयर बजारमा स्थायित्व नहुँदा ती सेक्टर र कम्पनीहरू बढी जोखिमपूर्ण बनेका छन् । जसले लगानीकर्तालाई दिर्घकालीन रुपमा सडकमा ल्याउने निशिचत नै देखिन्छ ।
राष्ट्र बैंकले अनुगमन गर्ने बैंक तथा वित्तीय संस्थाहरूको कम्पनीको अवस्थाअनुसार मूल्यमा वृद्धि हुन नसक्नुमा लगानीकर्ताहरूको कम्पनी छनोट प्रतिको मानसिकताले विशेष भुमिका खेलेको पाइन्छ । सेयर बजार डिमाण्ड र सप्लाइको पनि खेल हो । यसैलाई विषयलाई आधार मानि केहि ठूला लगानीकर्ताहरूले खेलेको गेममा साना लगानीकर्ताहरू झुमिएको देखिन्छ । जसले गर्दा ठूला कम्पनीहरू जसमा नीतिगत सुशासन र राम्रो प्रतिफल भएका कम्पनीहरूको मूल्य बढ्न सकेको छैन भने कमजोर वित्तीय अवस्था र राम्रो प्रतिफल दिन नसक्ने कम्पनीहरू डिमाण्ड एण्ड सप्लाइको खेलले माथिल्लो विन्दुमा मूल्य पुगेका छन् भने ‘तातोआलु’ सारफेर गरेझै लागनीकर्ताले केहि दिनको अन्तरालमै सारफेर गरिरहेका छन् ।
उक्त सेयर जसको हातमा रहन्छ उसलाई अवस्था घाटा दिलाउने निश्चित नै छ । तर, कहिले र कस्को हातमा हो भन्ने चाहिँ अन्योलपूर्ण हो । राम्रा वित्तीय अवस्था भएका कम्पनी र उच्च प्रतिफल दिने कम्पनीहरू लगानीका लागि उपर्युक्त हुन र दिर्घकालीन लगानीका लागि भ्यालू इन्भेष्टमेन्ट र कम्पाउण्डिङ रिटर्नका हिसाव र जोखिमको हिसावले पनि त्यस्ता सेक्टर र कम्पनीहरू लगानीकर्ताको लागि उपर्युक्त हुन् ।
तर, लगानीकर्ताहरू यस मनस्थितिलाई आत्मसाथ गर्न सकिरहेका छैनन् । जसले गर्दा कमजोर कम्पनीमा जानअन्जामै कारोबार गर्न बाध्य भएका छन् । यसले जोखिम नै निम्त्याउन छ र सेयर बजारको स्थायित्वमा पनि कमी ल्याउँछ । दिर्घकालीन लगानीका लागि कम्पनीको इतिहास, सञ्चालक समितिको कार्यशैली, उक्त कम्पनीको व्यवसायिक प्रगति, उक्त कम्पनीले गर्ने प्रतिसेयर आम्दानी र कम्पनीले दिने वार्षिक लाभांशलाई गहिरो अध्ययन गरेर दिर्घकालीन लगानी गरियो भने सेयर बजारबाट कहिले पछुताउनु पर्दैन ।